अभियुक्त मनराज र प्रमेशलार्इ सर्वस्वसहित जन्मकैदको सजाय


 



काठमाडौं, असार २८

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
बुधबार न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

करिब १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि मात्रै पक्राउ परेका थिए । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

कसरी भयाे रानीबारी घटना ?

प्रमेश चाैहान र मनराज गुरुङले रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रेष्ठ दम्पतीकी सात वर्षीया छोरीको पनि हत्या गर्न खोजेका थिए । तर, उनी भाग्न सफल भइन् ।

प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर घरबेटी गीता खड्काको हत्या गर्न गएका भएपनि श्रेष्ठ दम्पतीको हत्या गरेको पाइएको थियो । म्यान पावर व्यवसायी गीता भने अहिले देशबाहिर छिन् ।

उनीहरुले अञ्जीले आफूहरुलाई चिनेको र आफ्नो पहिचान खुल्ने डरले नीहरुकै हत्या गरेका थिए। उनीहरु घटनाको एक साताअघि पनि डेरा खोज्ने बहानामा सो घरमा पुगेका थिए।

श्रेष्ठ दम्पतीको हत्यापछि उनीहरु खड्कालाई खोज्दै माथिल्लो तलामा पुगे। बाथरुममा लुकेकी खड्कालाई भेट्न सकेनन्। बरु खड्काले बाथरुमबाटै चिच्याएर छिमेकीहरुसँग गुहार मागेपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए।

 

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्