बिराटनगरमा बिहानै गोली चल्यो, एक महिला घाइते


 



काठमाडौं, असार २९
बिराटनगरको मुनाल पथमा आज बिहानै गोली चलेको छ । बिहान साढे ७ बजेतिर अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् ।

गोली लागेर उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट घाइते भएकी हुन् । मोटरसाइकलमा आएका दुई व्यक्तिले माहिलामाथि गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घाइते महिलालाई उपचारका लागि बिराटनगर अस्पतालमा पुयाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप खुल्न बाँकी छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्