मन्त्रीको टुंगो लाग्यो, मन्त्रालय बाँकी




काठमाडौं, असार ३०

सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुने बित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’ नेता हरिबोल गजुरेलले भने – मन्त्रालय टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ । उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकाालार्य प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News