परीक्षाफल प्रकाशित



काठमाडौँ, असार ३०

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यस्तै २०७३ साल मङ्सिर महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ आंशिक) को ललितकला (मूर्ति र चित्र) विषयको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News