भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा



काठमाडौं, असार ३०

गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् ।

गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ ।

त्यस्तै सावरी चालक संग घुस लिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६६ ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।

उजुरीका आधारमा अनुसन्धान गर्दा तरकारीदेखि नगद घुस लिने गरेको पाईएपछि ४४ लाई नसिहत र २२ लाई निलम्बन गरेर जम्मा ६६ ट्राफिक प्रहरीलाई आन्तरिक कारवाही गरिएको महाशाखा प्रमुख तथा डिआईजी मिङ्मार लामाले जानकारी दिए । आजको नगारिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News