नेपालगञ्जका मेयर राणाको प्रतिबद्धता : घरमा डोजर लगाएर पनि सडक विस्तार गरिने



नेपालगञ्ज, असार ३०

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि विभिन्न आठबुँदे प्रतिबद्धता विहिबार सार्वजनिक गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन तत्काल वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैबीच, नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार योजना तीन महिनाभित्र सञ्चालन गर्ने बताउनुभएको छ । सो योजना सञ्चालनका लागि नागरिकले आफ्नाे घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News