फुटको संघारमा राप्रपा



काठमाडौं, असार ३१

पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिनुभएको छ भने उहाँकै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन् ।

परिआए थापालाई अध्यक्ष पदबाट हटाउने रणनीतिमा नेता लागेका छन् । थापाले एकपक्षीय रूपमा केन्द्रीय सदस्य मनोनयन गरेपछि राणाले एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गर्न चुनौती दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News