निर्वाचन आयुक्तलाई १५ करोडका गाडी


 


काठमाडौं, असार ३१
करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका विलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनपिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त र चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

आयोगले पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा कारको मूल्य दुई करोड ३० लाखदेखि साढे तीन करोड रुपैयाँसम्म पर्छ ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्