माओवादी केन्द्रलाई अब मधेसकै आश, यस्तो छ जित्ने रणनीति


 



काठमाडौं, असार ३१

माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले मधेस झरेर निर्वाचन तयारी गर्न लागेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मधेसमा कांग्रेस–एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अघि बढाउने जनाएको छ । शिष्टिीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश २ का इन्चार्ज मात्रिका यादवले बताए ।

हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट–बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिएका छन् ।

 

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्