निगरानीमा ठूलाबडाको बैंक खाता


 



काठमाडौं, असार ३१

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले अब ग्राहकको रेटिङ गराउनु पर्नेछ । राष्ट्र बैंकको निर्देशनमा विद्युत्तीय माध्यमबाट कारोबार गर्ने, उच्च नेटवर्क भएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको आधारमा ग्राहकको रेटिङ गराउनु पर्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

राष्ट्र बैंकले उच्च पदस्थ व्यक्तिका परिवारको बैंक खाताको निगरानी पदबाट अवकाश पाएको ५ वर्षसम्म गर्नुपर्ने पनि भनेको छ ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्