विनियोजित बजेट सक्न अन्तिम तीन दिनमै ४६ अर्ब खर्च


 


काठमाडौं, साउन १

सरकारी कार्यालयहरुले विगतमा जस्तै विनियोजित बजेट चालु बर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बर्षको पछिल्लो तीनद दिन असार २९ देखि ३९ सम्म मा विकास बजेट ३६ अर्ब र साधारण बजेट ११ अर्ब गरी कुल ४६ अर्ब रुपैयाँ खर्च गरिएको हो ।

महालेखाका अनुसार असार २८ सम्मा पुँजिगत बजेट एक खर्ब ६८ अर्ब रुपैयाँ खर्च भएको थियो ।

त्यसपछिका तीन दिनमा मात्र ३६ अर्ब रुपैयाँ खर्च भएको हो ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्