मेलम्चीको पानी वितरणसँगै उपत्यकामा जताततै ‘फायर हाइड्रेन्ट’


 


काठमाडौं, साउन १

आगलागीले पुर्याउन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका २ सय भन्दा बढी स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरिने भएको छ ।

मेलम्चीको पानी वितरण गर्ने क्रममा उपत्यकामा विस्तार भइरहेको पाइपलाइनकै संरचनामा आगलागी नियन्त्रणका लागि सघाउ पुर्याउने संरचना निर्माणको तयारी गरिएको हो ।

‘फायर हाइड्रेन्ट’ मुख्यतया दमकलले आवश्यकताअनुसार जुनसुकै बेला पानी भर्न र आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्