चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि ’हेर्दाहेर्दै’मा


 


chudamani-sharma
काठमाडौं, साउन १

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।

समय अभावमा शुक्रबार पनि हेर्दाहेर्दैमा परेको मुद्दा आजपनि हेर्दाहेर्दैमा परेको हो । शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गएको मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

शुक्रबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको थियो। साउन १ गते अदालत बन्द हुने गरेको भएपनि यहि मुद्दाकै कारण आजपनि चोलेन्द्र र प्रकाशमानको इजलास राखिएको थियो ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्