राप्रपा र फोरम किन हुँदैनन् सरकारमा सहभागी, यस्तो छ भित्री कारण


 


काठमाडौं, साउन ३
राप्रपा र संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था छैन । राप्रपा फुटको सँघारमा पुगेको र फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ ।

यस्तोमा कांग्रेसले १२ र माओवादीले आठ मन्त्रालय लिने भएका छन् । राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछन् । राप्रपालाई चार र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई तीनवटा मन्त्रालय दिने तयारी सत्तारुढ दुई दलको छ । लोकतान्त्रिक फोरम सरकारमा सहभागी भइसकेको छ ।

देउवा प्रधानमन्त्री बनेलगत्तै सात मन्त्री चयन गरे पनि अझै २३ मन्त्रालय मन्त्रीविहीन छन् । टुंगो लाग्न बाँकी मन्त्रालयमा सञ्चार, भौतिक पूर्वाधार, वन कांग्रेसले लिने र ऊर्जा, स्वास्थ्य माओवादीले लिनेमा करिब–करिब टुंगो लागेको छ । अाजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्