राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, राणाको छुट्टै रणनीति


 



काठमाडौं, साउन ३
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा भोलि (बुधबार)देखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा छलफल हुनेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी भित्र देखिएको केही समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।

राप्रपामा वरिष्ठ नेता पशुपति शम्शेर राणा समूहले अध्यक्ष कमल थापाले पार्टीलाई भताभुङ्ग बनाएको भनेर असन्तुष्टि जनाउँदै आएको छ । राणा समूह अध्यक्ष थापालाई असहयोग गर्ने रणनीतिमा पुगेको स्रोतले बताएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्