स्नातक तह प्रथम बर्षको परीक्षा भदौ ४ गतेबाट (परीक्षा तालिका सहित)



काठमाडौं, साउन ३
त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम बर्षको परीक्षा यही भदौ ४ गतेबाट हुने भएको छ । मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फको ३/४ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा भदौ ४ गतेबाट हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

कार्यालयले आज गोरखापत्रमा परीक्षा तालिका सहित सूचना प्रकाशित गरेको छ ।

यसैबिच स्नातक तहमा २०५८ सालमा भर्ना भई २०५९ सालमा प्रथम बर्ष प्रथम पटक परीक्षा दिएकादेखि ७ बर्ष अवधि नाघी उत्र्तिण हुन नसकेका विद्यार्थीहरुलाई समेत मौका परीक्षाको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रविणता प्रमाणपत्र तह प्रथम बर्षमा पनि मौका परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

हेर्नुहोस् तालिका

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News