मतदाता नामावली संकलन अब स्थानीय तहको केन्द्रबाटै


 


काठमाडौं, साउन ३

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

यसबारे आयोगले निर्णय लिइरहेको आयोगका एक अधिकारीले जानकारी दिए । निर्वाचन आयोगले साउन १ गतेदेखि जिल्ला सदरमुकामबाटै फाटो सहितको मतदान नामावली संकलन कार्य सुरु गरेपनि केन्द्रबाटै संकलन गर्नुपर्ने आवाज उठेपछि आयोगले नयाँ निर्णय लिने तयारी गरेको हो ।

राजनीतिक दलहरुले पनि सदरमुकामबाट नामावली संकलन गर्ने कार्य व्यवहारिक नभएको भन्दै स्थानीय तहको केन्द्रबाटै नामावली संकलन आयोगलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्