मन्त्रालय भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?


 


काठमाडौं, साउन ४
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् ।

मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ । आजको नागरिक दैनिकमा खबर छ ।

लोकतान्त्रिक फोरमलाई तीन, नेकपा संयुक्तलाई एक र सरकारमा सहभागी भएर राप्रपालगायत दलका लागि चार मन्त्रालय छुट्याएको छ ।
पछि अन्य दलहरुमा पनि सरकारमा सहभागी भएको खण्डमा फेरि भागबण्डा गरिने सहमती भएको छ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्