राजपा विवाद चुलिँदै : एक अर्कालाई कारबाही गरेको घोषणा


 



विराटनगर, साउन ४

मोरङको नेतृत्व गर्ने विषयमा विवाद चुलिएको छ । अध्यक्षमण्डलका दुई समहुले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन्।अध्यक्षमण्डलमा सदस्य राधे कामतले सोमबार पत्रकार सम्मेलन गरी आफुलाई अध्यक्षमण्डलको संयोजनक घोषणा गरेका थिए ।

भोलिपल्टै मंगलबार अध्यक्षमण्डलका संयोजक मोहम्मद कादिर समुहले पत्रकार सम्मेलन गरी कादिर नै संयोजक रहेको भन्दै कामतलाई कारबाही सिफारिस गर्ने जनाएको छ ।

यसअघि कामतले आफुलाई संयोजक दावी गर्दै कादिरसहित केही केन्द्रीय नेतालाई कारबाही गरेको घोषणा गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्