पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना, मुटूमा समस्या


 



काठमाडौं, साउन ४
पूर्वराजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन् । शाहलाई बुधबार विहानै नर्भिक अस्पतालमा भर्ना भरिएको हो ।

नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

केही दिनदेखि बायाँ हात दुख्ने समस्या देखिएपछि उनका निजी चिकित्सकले मुटुको एन्जीओप्लास्टी गर्नुपर्ने बताएका थिए ।
पूर्वराजा शाहले यसअघि पनि मुटुको एन्जीओप्लास्टी गराएका थिए ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्