बढुवा सिफारिसमा परेका डीएसपी शर्मा निलम्बित


 



काठमाडौं, साउन ४
नेपाल प्रहरी हेडक्वार्टरबाट एसपीमा बढुवा सिफारिसमा परेका डीएसपी सञ्जीव शर्मा दास निलम्बनमा परेका छन् ।

बालिका हत्यामा संलग्नलाई सहयोग गर्ने प्रहरीलाई बढुवा गरिएको भन्दै विरोध भएपछि गृहमन्त्री जनार्दशन शर्माले निलम्बन गर्ने आदेश दिएका हुन् ।

डीएसपी शर्माको बढुवा सिफारिसलाई लिएर सञ्चारमाध्यमसंगै समाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

गृहमन्त्री शर्माले सामाजिक संजाल फेसबुक मार्फत डीएसपी शर्मालाई निलम्बन गरेर थप अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिएका छन् ।

शर्माले सामाजिक संजाल तथा सञ्चार माध्यमले उनको बढुवाबारेको प्रश्न उठाउँदा त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुगेको भन्दै सबैलाई धन्यवादसमेत दिएका छन् ।

बढुवा सिफारिस भएका डीएसपी शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षकी सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए ।

सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही गर्नुको साँटो भगाएको शर्मामाथि आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्