मन्त्रिमण्डल विस्तार अझै सर्यो, कहिले हुन्छ अब ?


 


काठमाडौं, साउन ५
सत्ता साझेदार दल नेपाली कांंग्रेस र माओबादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा सहमती जुटेपनि मन्त्रिमण्डल विस्तारमा भने अझै केही दिन लाग्ने भएको छ ।

असन्तुष्ट दल राजपासंगको छलफलपछि बुधबारसम्ममा मन्त्रिमण्डल विस्तार हुन नेताहरुले दाबी गर्दै आएका थिए । तर, अब थप आन्तरिक तयारीपछि मात्रै सरकार विस्तार गरिने भएको छ । ‘पार्टीभित्र छलफल हुनै बाँकी छ,’ कांग्रेसका एक प्रतिनिधिले भने ‘छिटो भएमा आइतबार नभए केन्द्रीय समिति बैठकपछि सरकार विस्तार हुन्छ ।’

कांग्रेस सभापतिसमेत रहेका प्रानमन्त्री शेरबहादुर देउवाले पनि कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको भन्दै चौतर्फि आलोचना खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्