हामी दोस्रो सन्तान जन्माउन चाहन्छौं


 


timthumbरासस/पिटिआई

बेइजिङ, असार ३०

दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा ‘एक दम्पतिको एक सन्तान’ लागू गरिँदै आएको विवादास्पद नीति गत वर्षमात्र परिवर्तन भएको थियो ।

गत मे महिनाको अन्त्यसम्ममा चिनियाँ परिवार नियोजन विभागमा ४२ हजार ७५ वटा निवेदन परेकोमा ३८ हजार ७९८ वटा निवेदन स्वीकृति भइसकेको समेत सो विभागले जनाएको छ ।
स्वीकृत निवेदनहरूमध्ये ३१ देखि ३५ वर्षसम्मका महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको बेइजिङस्थित स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।
गत फेबु्रअरीमा सो आयोगले चीन सरकारलाई सुझाव दिएअनुसार बेइजिङको जनसङ्ख्या अनुपात कम हुँदै गएकाले सन् २०१९ सम्म दुई लाख ७० हजार नवजात शिशुको भएमा उपयुक्त हुने बताइएको थियो । नवजात शिशु यो अनुमानित सङ्ख्यामा सामान्य शिशु जन्मदर भन्दा ५४ हजारले वृद्धि हुने छ ।
सन् २०१९ पछि ठूलो परिवारको सङ्ख्या इच्छुक जोडीहरू सबैका दोस्रो सन्तान भइसक्ने छन् ।
हाल चीनभरि १४ लाख ५० हजार दम्पति दोस्रो सन्तान जन्माउनुका लागि कानुनी प्रक्रियाको हैसियत राख्छन् । तीमध्ये १३ प्रतिशतले दोस्रो सन्तान जन्माउने स्वीकृतिको लागि निवेदन दिइसकेका छन् ।
सन् २०१३ मै चीनमा एकदम्पति एक सन्तानको नीति परिवर्तन गर्न प्रस्ताव भनिए तापनि सन् २०१४ को सुरुवातदेखि मात्र यो परिवर्तित नीति व्यवहारमा ल्याइएको थियो ।

प्रकाशित मिति: ३० असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्