नाइजेरियामा बम विस्फोट, ७५ को मृत्यु


 


अबुजा, साउन १

नाइजेरियाको उत्तरपश्चिमी राज्य योबेमा केही समयको अन्तरालमा भएका दुईवटा बम विस्फेटमा परी ५० व्यक्तिको मृत्यु भएको छ । इद उल फित्रको प्रार्थनाको लागि जम्मा भएका व्यक्तिलाई लक्ष्यगरी सो बम विस्फोट गरिएको एक अधिकारीले  जानकारी दिए।

स्थानीय समयाअनुसार बिहीबार ७ः४० मा दामाटुरुको प्रमुख नगर लगिन ग्वान्जेमा प्रार्थना गरिरहेका व्यक्तिलाई लक्षित गरी पहिलो बम विस्फोट गराइएको र त्यसमा परी कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको कर्णेल सनी उसमानले जनाएका छन् । त्यसैगरी सोही नगरको छिमेकमा भएको अर्काे यस्तै विस्फोटमा थप सातको ज्यान गएको पनि प्रहरी स्रोतले जनाएको छ ।

आजै बिहान गोम्बे इलाकामा भएको दुई वटा बम विस्फोटमा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी कम्तीमा २५ को मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएका नाइजेरियाको राष्ट्रिय सङ्कटकालीन व्यवस्थापन निकाय (एनईएमए) ले पुष्टि गरेको छ ।

घाइते भएका ३० भन्दा बढी व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएका घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्नेसमेत अनुमान गरिएको छ । स्थानीय समयाअनुसार बिहीबार बिहान ६ बजे बम विस्फोट भएको प्रंत्यक्षदर्शीहरुले बताएका छन् । त्यसपछि पनि नाइजेरियामा बिहीबार बिभिन्न स्थानमा बम विस्फोट भएका छन् ।

मुसा गम्बाको नामका एक प्रत्यक्षदर्शीका अनुसार शुक्रबार रमाजान पर्वका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी बमहरु बिस्फोट गराइएको थियो । यो आक्रमण बोको हराम आतङ्ककारी समूहले गराएको स्थानीय व्यक्तिहरुले दावी गरेका छन् । पश्चिम अफ्रिकी यस देशमा हुने गरेका यस्ता आक्रमणहरुको प्रायः यही समूहले दावी गर्दै आएको छ ।

सन् २०१३ यता नाइजेरियाको विभिन्न सहरमा बोको हराम आतङ्ककारी सममूले गरेको विभिन्न आक्रमण १३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भई्सकेको बताइएको छ । रासस /सिन्ह्वा

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्