यूएर्इमा महिनामै चार नेपालीको मृत्यु


 


यूएर्इ, असार २

गएको एक महिनामा यूएर्इमा चार नेपालीले ज्यान गुमाएका छन् । कास्कीका रबिन्द्र बजगार्इँ, तनहुँका तुला गुरुङ, बाग्लुङका टेकेन्द्र थापा र मोहोत्तरीका बिमल बिष्टले ज्यान गुमाएका हुन् ।

साउन १ गते कालिका ४ पोखरा का २६ वर्षीय रबिन्द्र बजगार्इँको निधन भयो । १९ महिना अघि सेक्यूरिटी गार्डका लागि यूएइ आएका रबिन्द्र बिगत ६ महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।

यसअघि  एक हप्ताअगाडि २ जना नेपालीको मृत्यु भएको थियो । तनहुँका तुला गुरुङ र बाग्लुङका टेकेन्द्र थापाको मृत्यु भएको थियो ।

यस्तै, १५ दिनअघि महाेतरीका बिमल बिष्टको हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्