टर्कीमा विस्फोट, २८ को मृत्यु


 


एजेन्सी, साउन ४

 टर्कीको सुरुच शहरमा भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । १०० बढी घाइते भएका छन् । सिरियाको सीमा नजिकैको सुरुच शहरमा रहेको एक सांस्कृतिक केन्द्रको बगैचामा आत्मघाती आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

विस्फोटको समयमा सांस्कृतिक केन्द्रमा झण्डै ३०० मानिसहरु थिए । सुरुच सिरियाको शहर कबानी नजिकै पर्छ । हालैको महिनामा कोबानीबाट भागेका धेरै माािसहरु सुरुचमा शरण लिइरहेका छन् ।

प्रकाशित मिति: ४ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्