अपहरणमा परेका ३९ भारतीय नागरिक सुरक्षित


 


नयाँ दिल्ली, साउन ७

इराकको मोसुल सहरमा गत वर्ष अपहरणमा परेका ३९ जना भारतीय नागरिक सुरक्षित रहेका छन् ।

ती ३९ भारतीय नागरिक सुरक्षित रहेका र उनीहरुलाई मुक्त गर्नको लागि भारतीय सरकारले हरेक प्रयास जारी राखेको विदेश मामिलाका राज्यमन्त्री भि के सिंहले बताए ।

इराकको राजधानी बग्दादामा रहेको भारतीय राजदूतावासले ती ३९ जना भारतीय नागरिक इस्लामिक स्टेट (आइएस) ले बन्धक भएको सूचना दिएको बताइएको छ ।

गत वर्षको जुन महिनममा मोसुल सहरमा ४० जना भारतीय नागरिक अपहरणमा परेका थिए । तीमध्ये एक जना भने भाग्न सफल भएका थिए ।

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्