Deshko News
१५ मंसिर २०८०, शुक्रबार

१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…


 


रुकुम, भदौ २६
रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तन) गत जेठ १६ मा जिल्ला अदालत पुगिन् । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेको लामै भिड लाग्यो । आजको नयाँ पत्रिकामा खबर छ ।

१४ वर्षकै कलिलो उमेरमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेकी निमालाई देखेर सबैजना अचम्मित भए । अझ अचम्मको कुरा त उनको २ महिना अघिमात्र रोल्पाको दुईखोली गाउँपालिकाका १७ वर्षीय बालकसँग बाल विवाह भएको थियो ।

विवाह भएको केही दिन पछिनै उनीहरुबिचमा खटपट सुरु भएको आफन्त बताउँछन् । एकआपसमा मेलमिलाप हुन नसकेपछि सम्बेन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा आएको जिल्ला न्यायधिश डण्डपानी शर्माले बताए । न्यायधिश शर्माका अनसार, उनको मुद्धा हाल बहसकै क्रममो छ । निमा जस्ता बालिका सम्बन्ध बिच्छेदका मुद्दा लिएर जिल्ला अदालतमा आउने क्रम बढेको न्यायधिश शर्मा बताउँछन् ।

उनका अनुसार, गत आर्थिक वर्ष २०७३÷०७४ मा सम्बन्ध बिच्छेद गराउन आउने कूल महिलाको ५० प्रतिशत २० वर्ष मुनिका किशोरी तथा बालिका छन् ।

जिल्ला अदालतमा एक वर्षको अवधिमा दर्ता भएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा कूल एक सय ६७ ओटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

यीमध्ये एक सय ४५ मुद्दा फछ्र्यौट भएको र २२ ओटा मुद्दा यस आर्थिक वर्षका लागि सरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, १४ वर्षका बालिका देखि ५३ वर्षसम्मका महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्