मलेसियामा एक नेपालीको मृत्यु


 


मलेसिया, साउन ११

मलेसियाको पोर्टकेलाङमा एक नेपालीको  मृत्यु भएको छ । चितवन काउले ९ का ज्ञानबहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको हो । रोजगारीका सिलसिलामा  ११ महिनादेखि मलेसियाको पोर्ट केलाङमा रहेको  रिगोन फुड कम्पनीमा कार्यरत गुरुङ केही दिनदेखी अस्वस्थ थिए ।

स्थानिय अस्पतालमा उपचार गराएर उनी आइतबार होस्टेल फर्किएका उनका साथी पर्शुराम सुवेदीले जानकारी बताएका छन् । सोमबार बिहान गुरुङ नउठेपछि बोलाउदा उनको मृत्यु भैसकेको सुवेदीले जानकारी गराए ।

प्रकाशित मिति: ११ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्