सगरमाथामाथि रुसले दाबी गर्यो, सबै आश्चर्य चकित



काठमाडौं, भदौ २७
प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ ।

तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

बेलायतस्थित रुसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात अभिवादनहरुमध्येको एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ ।

बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रुसी भूभाग बताइएको छ । यस ट्विटप्रति समाजिक सञ्जालमा धेरै नै प्रतिक्रिया आएका थिए । उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिए ।

केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् । एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News