निजामती सेवामा १२ वटा सेवा कायम गरिँदै, यस्तो छ बढुवा-सरुवा प्रणाली ?


 


काठमाडौं, भदौ २९

संघीय निजामती सेवामा १२ वटा सेवाहरूको गठन गरिने भएको छ । हाल १० वटा मात्रै सेवा थिए । अब भने संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवामा गाभिने भएको छ ।

पुराना सेवाका रूपमा रहेका नेपाल आर्थिक तथा योजना तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल संसद् सेवा र नेपाल स्वास्थ्य सेवा यथावत् राखिएको छ ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा सरुवा हुने वा समायोजन भएर जाने कर्मचारीले समायोजन भएको निकायमा बढुवा नलिएसम्म स्थानीय तहबाट प्रदेश र संघमा बढुवा भएर आउन सक्ने र आन्तरिक प्रतियोगितामा भाग लिन सक्ने प्रावधान राखिएको छ ।

कर्मचारी सरुवा गर्दा क्रमशः ‘कु वर्गको भौगोलिक क्षेत्रबाट ‘घु वर्गको भौगोलिक क्षेत्रमा, ‘घु वर्गको भौगोलिक क्षेत्रबाट ‘खु वर्गको भौगोलिक क्षेत्रमा, ‘खु वर्गको भौगोलिक क्षेत्रबाट ‘गु वर्गको भौगोलिक क्षेत्रमा ‘गु वर्गको भौगोलिक क्षेत्रबाट ‘कु वर्गको भौगोलिक क्षेत्रमा चक्रिय रुपमा मात्रै कर्मचारी सरुवा हुने गरी ऐन बनाइएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्