शर्माले मागे सरकारसँग ४० करोड, मन्त्रीले भने- एक पैसा दिन्न


 


काठमाडौं, भदौ ३१

साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्दप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् ।

अध्यक्ष शर्मा तथा मनोनित सदस्य एवं पूर्वशिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ शर्माले दशैं पहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोमालमान श्रेष्ठले भने, -उनीहरु हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४० करोड रुपैयाँ माग गरेका थिए । साझाको विवाद नटुंगिएसम्म एक पैसा पनि उपलब्ध गराउन सकिदैन भनेर जवाफ दिएँ । अध्यक्ष शर्मालाई कारबाही तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले बताए । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्