अस्पतालबाट फर्किए पारस यस्तो छ उनको मुस्कान


 


Ex-prince-parasकाठमाडौं,  साउन १३

नर्भिक अस्पतालमा मुटुको उपचार गराइरहेका पूर्व युवराज पारस शाह मंगलबार साँझ अस्पताल परिसरमा देखिए ।अाइतबार अस्पताल भर्ना भएका पारसको मुटुमा पेस मेकर राखेपछि पनि अस्पतालमै चिकित्सकको निगरानीमा रहेका थिए ।

पारसकको स्वासथ्यमा सुधार अाएको संकेत उनको हँसिलो मुहारले देखाउँथ्यो । उपचारका क्रममा पूर्वराजा रानीदेखि पत्नी हिमानी उनलार्इ भेट्न पटक पटक अस्पताल पुगे ।

शाह नर्भिक अस्पतालबाट बुधबार बिहानै डिस्चार्ज भएका छन् । मुटुमा पेसमेकर जडान गरिएका उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले बिहान डिस्चार्ज गरेको हो ।

पारसलाई फलोअप जााचका लागि दुई दिन पछि अस्पतालमा बोलाइएको छ ।

अस्पतालबाट आफैंले गाडी चलाएर पारस बाहिरिएका थिए । रातो सर्ट र कालो चश्मा लगाएका उनी प्रफुल्लित मुद्रामा देखिएका थिए ।

यो पनि पढ्नुहोस्

अस्पतालमा जब पारस र हिमानीको भेट भयो !

पूर्वयुवराज पारसलाई के भएको हो ?

 

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्