आयल निगम प्रमुख खड्काको अर्को झुट


 


काठमाडौं, असोज २
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको संसदीय समितिलाई समेत गुमराहमा राख्न झुटो बयान दिएको तथ्य फेला परेको छ । आजको नागरिकमा खबर छ ।

निगमको जगा खरिदमा भएको अनियमितता छानविन गर्न गठित संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा नागरिक र रिपब्लिकका दैनिकका प्रकाशराज ज्ञवालीका पिताको भैरवास्थित जग्गा नकिनेका कारण आफुविरुद्ध समाचार लेखेको बयान खड्काले दिएको उल्लेख छ ।

निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले अाइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो। कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ।’

प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन्।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्