पहिरोले २० जनाको मृत्यु


 


Pahiro_3भोजपुर, साउन १४

अविरल वर्षापछिको पहिरोले कास्कीका भदौरेतामागी र लुम्ले गाविसमा २० जनाको ज्यान गएको छ। पहिरोमा १८ जना बेपत्ता भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार भदौरेतामागिमा ५ र लुम्लेमा १५ गरी २० जनाको मृत्यु भएको छ।

भदौरेतामागीमा ४ जना र लुम्लेमा १४ जना बेपत्ता रहेको रजौरेले जानकारी दिए। घाइते ३ जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।प्रहरीका अनुसार भदौरेतामागीमा मृत्यु हुनेमा ६५ वर्षीय टीकाराम विक, ५५ वर्षीया रामुकुमारी विक, ३१ वर्षीया गौरी पराजुली, ७ वर्षीय करण पराजुली, र ६५ वर्षीया नन्दकली पराजुली छन्।

लुम्लेमा मृत्यु हुनेको सनाखत भइसकेको छैन। उद्धारका लागि भदौरेतामागी पुगेका रजौलेले बेपत्ताको खोजी भइरहेको जानकारी दिए। भदौरेमा १३ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ। भिषण वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। मध्यरातमा आएको पहिरोले घर बगाएको छ।

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्