रक्सि खाएर हल्ला नगर्नुस् कारवाहीमा परिएला


 


ताप्लेजुङ, साउन १४

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले मादक पदार्थ सेवन गरी हल्ला गर्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्न सुरु गरेको अभियानमा युवाहरु धेरै कारवाहीमा परेका छन् । गत वैशाखदेखि असार मसान्तको अवधिमा एक महिलासहित २० जना कारवाहीमा परेका छन् ।

तिमध्ये युवाहरु धेरै रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिए । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समुहका युवाहरु छन् ।

यसअघि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेहरुलाई यस खालको कारवाही हुँदैनथ्यो । सामान्य प्रकृतिका मापसेलाई पनि कारवाही हुन थालेपछि समाजमा हुने झै-झगडामा कमी आउन थालेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्