नेपाली युवा शून्य लागतमा कहिले जान पाउँछन् विदेश?


 


काठमाडौ,  साउन १४

मलेसिया र खाडीका ६ देशहरुमा अहिले पुरानै श्रम स्वीकृतिअनुसार युवाहरु गइरहेका छन्। म्यानपावर कम्पनीहरुले असार २१ गतेभन्दा अगाडिकै मागपत्रहरुमा कामदारहरु विदेश पठाइरहेका छन्।

शून्य लागतको श्रम स्वीकृति कहिलेबाट आउँछ? यस सम्वन्धमा वैदेशिक रोजगार व्यवसायी महासंघका प्रथम उपाध्यक्ष कुमुद खनालले नेपाल सरकारले जति चाँडो पहल गर्छ, त्यति नै चाँडो हुने बताउँछन्। खनालले यसका लागि पहल भएमा अझै ३-४ महिना लाग्ने बताए।

‘नेपाल सरकारले एमओयू गर्नुपर्यो, ति देशहरुको नियम कानून पनि हेर्नुपर्यो, शून्य लागत भन्दैमा भोलिबाटै युवाहरु शून्य लागतमा जान पाउने हो र ?’ खनालले भने। यस सम्वन्धमा सरकारी अधिकारीहरु भने नियम लागू भइसकेको दाबी गर्दै यहीं नियममा धेरै माग आउन केही समय लाग्ने बताउँछन्।

अहिले ति देशहरुबाट आउने कामदारको माग ठप्प प्राय भएको छ। दैनिक सयौंको संख्यामा माग आउने गरेकोमा अहिले कामदारको माग ठप्प प्रायः भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कामको लागि बाहिरिने युवाहरुको संख्या पनि अत्यन्तै न्यून छ।

सेतोपाटीबाट

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्