प्रदेश नं २ मा अब ३१ तहको मात्र नतिजा आउन बाँकी, कुन दल कति अगाडि ?


 


काठमाडौं, असोज ७
प्रदेश नं २ मा अब ३१ वटा स्थानीय तहको मात्र नतिजा आउँन बाँकी रहेको छ । १३६ स्थानीय तह रहेका यहाँ १०५ तहको नतिजा सार्वजनिक भइसकेको छ ।

सार्वजनिक भएको नतिजा अनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, राजपा १८, माओवादी केन्द्र १८, एमाले १२, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल १ र नयाँ शक्तिले एउटा स्थानीय तह जितेका हुन् । अब बाँकी रहेका ३१ वटा स्थानीय तहको मात्र अन्तिम नतिजा आउँन बाँकी छ ।

बाँकी आउन नतिजामध्ये कांग्रेस र राजपा सबैभन्दा अगाडि रहेका छन् । उनिहरुले आठ–आठ वटा तहमा अग्रता लिइरहेका छन् ।

त्यस्तै एमालेले ६ वटा तहमा अग्रता लिइरहेको छ भने माओवादी र संघीय समाजवादी फोरमले तीन–तीन वटा स्थानीय तहमा अग्रता लिइरहेका छन् । लोकतान्त्रिक फोरम र अन्य साना दलको तीनवटा तहमा अग्रता कायम छ ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्