गुडिरहेको कार र ट्रक पहिरोले पुर्याे, दुई जनाको मृत्यु


 


पाल्पा, असोज ७
पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ ।

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । पहिरोमा के कति मानिस पुरिए भन्ने पूरा विवरण नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अवरुद्ध बाटो खुलेको केही समयलगत्तै घटना भएको हो ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्