Deshko News
९ आश्विन २०८०, मंगलबार

वीरगंज महानगरपालिकाबाट आयो यस्तो परिणाम



काठमाडौं, असोज ७
वीरगंज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार अजय द्विवेदीले अग्रता लिइरहेका छन् भने उनलाई फोरमका उम्मेदवार विजय सराबगीले कड टक्कर दिइरहेका छन् ।

कांग्रेसका द्वीवेदीले ७९४९ मत ल्याएका छन् भने फोरमका सराबगीले ७८३२ मत प्राप्त गरेका छन् । त्यस्तै राजपा उम्मेदवार राजेशमान सिंहले ५६९९ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेस उम्मेदवार शान्ति कार्कीले ९१८९ मत पाएकी छन् भने फोरम उम्मेदवार पिंकीदेवी यादवले ७५०५ मत पाएकी छन्। राजपाकी उम्मेदवार रम्भा मिश्रले ४९५३ मत पाएकी छन् ।

प्रदेश नं २ को एक मात्र वीरगन्ज महानगरपालिकाको ३२ वडा मध्ये १० वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

 

 

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News