एमालेले तोक्यो उम्मेदवारको मापदण्ड, अब को–को उम्मेदवार बन्न पाउँछन् ?



काठमाडौँ, असोज १०
नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ ।

सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा पठाउनुपर्नेछ ।

प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिनुपर्नेछ । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठक बस्ने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नेछ ।

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार बनाउने छैन । तर विशेषस्थितिमा महिलाहरुको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ ।

उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जित्न सक्ने, जनतमा लोकप्रिय, संसदीय दृष्टिकोणमा रुची र ज्ञान भएको, समावेशिता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतको मापदण्ड तय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News