प्रा डा केसीको अनशन स्थगित, माग पुरा नभए १९ गतेबाट फेरि बस्ने


 


काठमाडौं, असोज १

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाउनुभएको छ ।

प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गर्नुभएको थियो । उहाँद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्