बलि दिने क्रममा भागदौड, ६ जना घाइते, अवस्था गम्भिर



बैतडी, असोज १३

बैतडीको प्रसिद्द देहिमाडाैं निंगलाशैनी भगवती मन्दिरमा बिहिबार राँगाको बलि दिने क्रममा भागदौड हुँदा छजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षिया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षीय देवसिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय दिपेन्द्र बोहरा र ३० वर्षीय विनित चन्द रहेको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ । बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरू घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News