७१ हजार नगद सहित पाँच जुवाडे पक्राउ


 


पोखरा, असोज १३
नगदसहित पाँच जुवाडे पोखरामा प्रकाउ परेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ७१ हजार ५५ रुपैयाँ र चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको हो ।

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्