बालिका बलात्कृत, उपचार हुँदै


 


रौतहट, साउन १६

रौतहटमा बालिका बलात्कार भएको घटना डेढसाता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको शिकार भएकी छन्। स्थानीय पतौरा गाविस–६ मौलापुर दलित बस्तीकी १० वर्षीया बालिकालाई गाउँकै १८ वर्षीय राधेशयाम पटेलले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ।

बलात्कृत बालिकाको गुप्तांग च्यातिएको र अत्यधिक रक्त श्राव भएपछि गरुडास्थित  हेल्थ ल्याण्ड क्लिनिकमा उपचार हुन नसकेपछि  वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको । उपचारका लागि वीरजञ्जको नारायणी अस्पताल भर्ना गरिएकी बालिकाको त्यहाँ पनि उचार हुन नसकेपछि हाल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जयसवालले बताए।

घाइते बालिकाको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । शुक्रवार साँझ घाँस काट्न गएको बेला बालिकालाई अभियुक्त पटेलले नजिकैको उखु घारीमा लगी मुख थुनेर जबरजस्ती करणी गरेका थिए।

पटेलले जबरजस्ती गर्दा बालिका चिच्याएको आबाज आएपछि स्थानीय उखुबारीमा पुगेका थिए। स्थानीय पुग्दा बालिकालाई छोडेर अभियुक्त पटेल फरार भएको स्थानीयबासीले बताएका छन्। फरार अभियुक्त पटेलको खोजीकार्य भइरहेको तथा घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इप्रका गरुडाका प्रहरी निरीक्षक जैसवालले बताए ।

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्