यी हुन् मजदुरलाई धेरै ज्याला दिने देश


 


नेपालमा मजदुरको ज्यालाका सम्वन्धमा ठोस नीतिको अभाव देखिन्छ । यसले गर्दा दैनिक सयौं युवाहरु खाडीमै गएर मजदुरी गर्न पछि पर्दैनन् ।

हालै वर्ल्ड इकोनोमिक फोरमले बनाएको विकसित देशहरुको एक सूचीअनुसार अष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरको ज्याला धेरै छ ।

त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स, नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्याला उच्च भएको मुलुकहरुमा पर्दछ ।

यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १० अमेरिकी डलर कमाउने गर्दछन् ।  त्यस्तै सबैभन्दा कम ज्याला भएका मुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिक लगायत मुलुकहरु छन्।

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्