एमालेले लियो तालमेलको नीति, को सँग गर्देछ तालमेल ?


 


काठमाडौँ, असोज १५
नेकपा (एमाले) ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन । यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्