तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज १६ गते सोमबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर २ तारिख । नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, द्धदशी तिथि २४ः५६ बजेउप्रान्त त्रयोदशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
मेष

आज तपाईले अरुलाई विश्वास नगर्नुहोला । काम गर्दा होसियारी अपनाउनुहोला । सोचजस्तो प्रतिफल आज प्राप्त हुँदैन । कतैको यात्रा होला । आफन्तको सुझाव मान्नुहोला ।

वृष

नयाँ अवसर प्राप्त गर्ने योग छ, तर अवसरलाई सोचेर मात्र उपयोग गर्नुहोला । नयाँ जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ । धन कमाउन सकिने योग छ ।

मिथुन

भाग्यले साथ दिँदा धन मनग्य कमिने देखिन्छ । खानपीनमा विशेष ध्यान दिनुहोला । अध्ययन तथा नयाँ काम थालनी गर्दा सफलता मिल्नेछ ।

कर्कट

सानातिना कमजोरीमा बिरोधीहरुले खेल्न सक्नेछन् । सोचेजस्तो नतिजा हात नपर्ला । आम्दानी रोकिने सम्भावना छ । कामहरु सन्तोषजनक ढंगबाट अगाडि बढ्ने देखिदैन् ।

सिंह

नयाँ अवसर प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मन प्रशन्न होला । दाम्पत्य जीवन सुखमय हुने देखिन्छ । भाग्य बलियो देखिन्छ ।

कन्या

मेहनतले गर्दा आजको दिन तपाईको फाइदाजनक छ । आफ्ना गोप्य कुराहरु अरुलाई विश्वास गरेर नभन्नुहोला । पुरानो आम्दानीहरु प्राप्त हुन सक्छ ।

तुला

अध्ययनमा रुची देखिन्छ भने सफलता पनि मिल्नेछ । पशुपालनबाट आम्दानी मिल्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । नयाँ कामको थालनी होला ।

वृश्चिक

आफ्ना योजनाहरु अरुलाई नभन्नुहोला । आफन्तबाट साथ सहयोग पाइएला । अरुले तपाईको ईष्या, डाह गर्ने देखिन्छ । व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।

धनु

फजुल खर्च बढ्ने देखिन्छ । कृषि कर्मबाट राम्रो आम्दानी हुनेछ । जोश जाँगर बढ्नेछ । पुराना समस्याहरु बल्झिन सक्छन् । साथीभाइको सहयोगलाई बेवास्ता नगर्नुहोला ।

मकर

बोलीको प्रभाव बढ्ने छ । प्रशंसकहरु बढ्नेछन् । प्रशस्त धन लाभ होला । अध्ययनमा सफलता मिल्नेछ । धेरैले तपाइको तारिफ गर्ने देखिन्छ ।

कुम्भ

आज नाम र दाम कमाउने दिन देखिन्छ । नयाँ काम सुरुवात गर्दा लाभ हुने देखिन्छ । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । साथीभाइले साथ सहयोग दिने देखिन्छ ।

मीन

मीत्रहरुको साथ सहयोग पाउनुहुनेछ । परिवारबाट टाढिनु पर्ने देखिन्छ । आय आर्जनमा सफलता मिल्नेछ । तपाईको कुरा काट्नेहरु पनि देखिनेछन् ।

प्रकाशित मिति: १६ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्