तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज १७ गते मंगलबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर ३ तारिख । नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, त्रयोदशी तिथि २५ः१० बजेउप्रान्त चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

बिग्रको स्वास्थ्यमा सुधार आउनेछ । व्यवसायबाट मनग्य आम्दानी होला । सोचेका योजनाहरुले सार्थकता पाउनेछन् । मनमा उमंग छाउने छ ।

वृष

परिवारबाट साथ सहयोग पाउनुहुनेछ । व्यवसायबाट सन्तुष्टि मिल्ने देखिन्छ । साथीभाइको सहयोगमा मन प्रफुल्ल होला । नयाँ रोजगारी पाउन सक्नु हुनेछ ।

मिथुन

सामाजिक मान सम्मान पाइएला । नोकरीमा बढुवा हुन सक्छ । बोलिको प्रभाव बढ्ने देखिन्छ । नयाँ काम गर्ने अवसर आउन सक्छ ।

कर्कट

सामाजिक कार्य उत्प्रेरणा मिल्नेछ । कतै यात्रा हुन पनि सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला । घरपरिवारमा खुसी छाउला ।

सिंह

सोचेका कामहरु बन्नुका साथै नयाँ अवसर प्राप्त हुने योग देखिन्छ । पुराना बाँकी रहेका कामहरु बन्ने देखिन्छन् । आकस्मिक कतैको यात्रा हुन सक्छ ।

कन्या

पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ । साथीहरुसँग भेटघाट हुनेछ । मनमा प्रशन्नता छाउला । धन आर्जन गर्ने योेग देखिन्छ ।

तुला

आज लगानी गरेको ठाउँमा सफलता मिल्ने देखिन्छ । दाम्पत्य जीवन आज खटपट हुने सम्भावना छ । कतै टाढाको यात्रामा निस्कनु पर्न सक्छ ।

वृश्चिक

अध्ययनमा सफलता मिल्नेछ । आज तपाईले पतिष्ठा कमाउने योग छ । गरेको कामको उचित मूल्यांकन होला ।

धनु

बोलीको प्रभाव बढ्ने छ । प्रशंसकहरु बढ्नेछन् । प्रशस्त धन लाभ होला । अध्ययनमा सफलता मिल्नेछ । धेरैले तपाइको तारिफ गर्ने देखिन्छ ।

मकर

फजुल खर्च बढ्ने देखिन्छ । कृषि कर्मबाट राम्रो आम्दानी हुनेछ । जोश जाँगर बढ्नेछ । पुराना समस्याहरु बल्झिन सक्छन् । साथीभाइको सहयोगलाई बेवास्ता नगर्नुहोला ।

कुम्भ

मीत्रहरुको साथ सहयोग पाउनुहुनेछ । परिवारबाट टाढिनु पर्ने देखिन्छ । आय आर्जनमा सफलता मिल्नेछ । तपाईको कुरा काट्नेहरु पनि देखिनेछन् ।

मीन

आज नाम र दाम कमाउने दिन देखिन्छ । नयाँ काम सुरुवात गर्दा लाभ हुने देखिन्छ । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । साथीभाइले साथ सहयोग दिने देखिन्छ ।

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्