केपी ओली भावी प्रधानमन्त्री



काठमाडौं, असोज १७
प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने रणनीति बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनको मुल मुद्दा ‘राष्ट्रवादी आन्दोलनका नायक’ केपी शर्मा ओली भावी प्रधानमन्त्री हुने भन्दै चुनावी मुद्दा तय गर्ने भएको छ ।

यही असोज २५ र २५ गते बसने एमालेले स्थायी समितिले बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गर्ने भएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरी निर्वाचनमा जाने रणनीतिमा आफ्नो पार्टी रहेको जानकारी दिएको आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।  आगामी २५ र २६ गते बस्ने स्थायी समिति बैठकले यसबारे निर्ण गर्छ, सचिव ज्ञवालीले भने ।,

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News